कालीकोट, ८ मंसिर । कालीकोटको निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभातर्फ गठबन्धनका साझा उम्मेदवार दुर्ग बहादुर रावत विजयी भएका छन् । उनी ९ हजार ११ मत प्राप्त गर्दै विजयी बनेका हुन् । कर्णाली प्रदेशका पूर्वभूमी व्यवस्था तथा कृषिमन्त्री एवं नेकपा एमाले कालीकोटबाट प्रदशसभामा उम्मेदवार रहेका कुर्मराज शाहीलाई १ हजार ५९ मतले पराजित गर्दै रावत विजयी बनेका हुन् ।
एमालेका कुर्मराज शाहीले हजार ७ हजार ९ सय ५१ मत प्रााप्त गरेका थिए । प्रदेश (१) मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल १९ हजार १ सय ३१ मत खसेको थियो । जसमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रावतले ९ हजार ११ प्राप्त गरेका थिए ।
राप्रपाका सुर्य बहादुर शाहीले १ हजार ७१ म्त प्राप्त गर्दा नेमकिपाका रवीन्द्र बहादुर शाहीले १ हजार १ सय २७ मत प्राप्त गरेका थिए । प्रदेशसभा (१) मा जम्मा ७ सय २५ मत बदर भएको छ । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचमा रावतले २१ हजार १ सय १२ मत प्राप्त गर्दै निर्वाचित बनेको थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies