राजेन्द्र महतो/मध्यान्ह
सिरहा, ८ मंसिर । सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका राम शंकर यादव २ हजार ८३ मतान्तरसहित निर्वाचित भएका छन् । यादव २९ हजार ४ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदम नारायण चौधरीले २७ हजार ३ सय ७९ मत प्राप्त गर्दा जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८ सय ४९ मत प्राप्त गरेका छन् ।
यस्तै, सिरहा क्षेत्र नम्बर १ प्रदेशसभा (१)मा नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी विजयी भएका छन् । उनी १ सय ७१ मतान्तरसहित विजयी बनेका हुन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीले ११ हजार ७ सय २१ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल कुमार महतोले ११ हजार ५ सय ५० मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका अमिरी यादवले ३ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies