
काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको अध्यक्षमा वरिष्ठ साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छन् ।
१५ सदस्यीय कार्यसमितिका लागि खसेको कुल ८५ मतमध्ये मन्जिलाले ६३ मत प्राप्त गरिन् । अध्यक्षका अर्का उम्मेदवार साहित्यकार निर्णलरमल पराजुलीले २२ मत पाए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा पत्रकारिता, कानुन र साहित्यको क्षेत्रमा लामो अनुभव बटुलेकी कमला ओली चुनिएकी छन् । उनी सूचना आयोगकी निवर्तमान प्रवक्ता एवं सदस्य समेत हुन् ।

यसैगरी उपध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल चुनिएका छन् ।
सदस्यहरूमा साहित्यकारहरू रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाईं, केवला भट्टराई, देवेन्द्र पराजुली, सुष्मा आचार्य, उषा केसी, डिआर राई, शान्ति न्यौपाने रिसाल र इन्दिरा ढकाल रहेका छन् ।
नयाँ कार्यसमितिले दुई जना सदस्य तथा केही सल्लाहकार मनोनीत गर्ने छ । समितिको कार्यकाल दुई वर्षको रहने छ ।
