काठमाडौं : नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच व्यवसायीक समझदारी सम्झौता सम्पत्र भएको छ । बैंक र रिसोर्टबीच बैंकका विशेषधिकार कार्ड होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टमा छुट दिने सम्झौता सम्पत्र भएको हो ।
उक्त सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले चितवन मिडटाउन रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies