२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बाढी पीडितको राहतका लागि नाडाले १० लाख सहयोग गर्ने

Nada
२०८३ भदौ ११ गते १२:२७
Shares
बाढी पीडितको राहतका लागि नाडाले १० लाख सहयोग गर्ने

काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुगेको ठुलो क्षतिप्रति दुःख व्यक्त गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी पीडितको उद्धार र राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

ncell

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । उक्त राष्ट्रिय विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै नाडाले ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नाडाले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउन हार्दिक आह्वान गरेको छ ।

सरकार र सुरक्षा निकायको तत्परताको उच्च कदर यस अत्यन्त चुनौतीपूर्ण घडीमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परता र अथक परिश्रमप्रति नाडाले कृतज्ञता व्यक्त गरेको छ । विशेषगरी सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र माननीय गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गरेको, उद्धार तथा राहत उडानहरूको समन्वय व्यक्तिगत रूपमा गरिरहनुभएको, र निजी क्षेत्रलाई समेत यस कार्यमा साथ दिन गर्नुभएको आह्वानप्रति नाडाले उच्च कदर गरेको छ । सरकारको यही आह्वानअनुरूप नाडाले आफ्नो तर्फबाट सहयोग गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो महाविपद् काठमाडौंको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२६' सञ्चालन भइरहेकै बेला आइपरेको हो । यद्यपि, देशको आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले भृकुटीमण्डपमा जारी अटो शो निरन्तर सञ्चालनमा रहने नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले जानकारी दिएका छन् । नाडाले देशको आर्थिक संरचनालाई सशक्त बनाउन र विपद्को सामना गर्न सबैले आ-आफ्नो क्षेत्रबाट हातेमालो गर्न अपिल समेत गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर