२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

स्पेनको कोस्टाब्लांकामा मन्दिर–गुम्बा निर्माण गरिने

Nada
भरत प्रधान
२०८३ भदौ ११ गते १३:१६
Shares
स्पेनको कोस्टाब्लांकामा मन्दिर–गुम्बा निर्माण गरिने

लिस्बन : स्पेनको कोस्टाब्लांका क्षेत्रमा नेपाली मन्दिर र गुम्बासहितको धार्मिक तथा सांस्कृतिक धरोहरको निर्माण गरिने भएको छ।

ncell

नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले नेपाल समाज एसोसिएसन कोस्टाब्लांकाको पहलमा नेपाली मन्दिर–गुम्बासहितको धार्मिक तथा सांस्कृतिक धरोहरको निर्माण गरिने भएको हो । सामाजिक, सांस्कृतिक तथा धार्मिक आस्थाको साझा केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले मन्दिर–गुम्बा निर्माण गर्न लागिएको समाजका महासचिव अशिम लोप्चन तामाङले बताए । उक्त परियोजनाका लागि कुल १ लाख युरोको आर्थिक प्रतिबद्धता जुटेको तामाङले बताए। यो अभियानले विदेशी भूमिमा नेपाली भाषा, कला, धर्म–संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए ।

मन्दिर निर्माणका लागि मुकुन्द लामिछाने, सुरेन्द्र भुजेल थापा, रितेश श्रेष्ठ, बिपिन बुढाथोकी, केसर बहादुर थापा, रुद्र खत्री, सुरेश बज्राचार्य, दुर्गा भण्डारी, बद्री प्रसाद कोइराला, द्वारिका लामिछाने, हेमराज सापकोटा, नवराज दुवाडी, दिपेश श्रेष्ठ, ईश्वर गौतम, अन्जु पुन, अक्कल बोहोरा, राजन थापा, केशवराज कडेल, देबराज सापकोटा तथा बिनोद शेरचनले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच नेपाल समाज एसोसिएसन कोस्टाब्लांकाका अध्यक्ष केसर बहादुर थापा र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लांकाका अध्यक्ष बिपिन बुढाथोकीको अध्यक्षतामा बसेको संयुक्त बैठकले मन्दिर–गुम्बा निर्माण, आर्थिक व्यवस्थापन तथा धार्मिक कार्यक्रम सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णय समेत गरेको छ । यस्तै मन्दिर–गुम्बा निर्माणका लागि आवश्यक विभिन्न समिति तथा उपसमिति समेत निर्माण गरिएको समाजले जनाएको छ । बैठकले मन्दिर निर्माण सहयोगार्थ नौ दिने नवदुर्गा पूजाको आयोजना गर्ने निर्णयसमेत गरेको छ । 

मन्दिर–गुम्बा निर्माण अभियानमा सहयोग, सहकार्य र सहभागिता जनाउनका लागि समाजले विश्वभर रहेका नेपाली समुदायलाई आह्वान समेत गरेको छ । विदेशी भूमिमा निर्माण हुने धार्मिक तथा सांस्कृतिक केन्द्रले स्पेनमा बस्ने भावी नेपाली पुस्तालाई समेत आफ्नो मौलिक पहिचान र संस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर