२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

युएईमा जनै पूर्णिमा एवं रक्षाबन्धन कार्यक्रम हुँदै

Nada
निशान्त पाठक
२०८३ भदौ ११ गते १६:४९
Shares
युएईमा जनै पूर्णिमा एवं रक्षाबन्धन कार्यक्रम हुँदै

दुबई, युएई : नेपाली हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमा एवं रक्षाबन्धनको अवसरमा युएईमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

ncell

भोले बाबा भजन समूह युएई, गुल्मी सेवा समाज युएई, युएई मौलिक भजन समूह तथा युएई परिवारको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

आयोजकका अनुसार कार्यक्रममा वैदिक विधिद्वारा जनै फेर्ने व्यवस्था, दिदी–बहिनी तथा दाजुभाइबीच रक्षाबन्धन कार्यक्रम, भजन–कीर्तन तथा प्रसाद वितरणलगायतका धार्मिक गतिविधि सञ्चालन गरिनेछ । साथै साँझ बृहत् भजन–कीर्तन कार्यक्रम समेत आयोजना गरिने जनाइएको छ ।

कार्यक्रम अगस्ट २८ शुक्रबार, बिहान ७ बजेदेखि साँझ १० बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको स्थान फिस्टल ट्राभल्स, बरदुबई, युएई रहेको  छ ।

कार्यक्रम संयोजक कृष्ण गौतम र भजन संयोजक सञ्जीव खड्का रहेका छन् ।

आयोजकले युएईमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षणमा साथ दिन आग्रह गरेका छन् ।

कार्यक्रममा वैदिक विधि, रक्षाबन्धन, भजन–कीर्तन तथा प्रसाद वितरणलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर