२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नाडा अटो सोमा एनआइसी एसियाको ५.९९ प्रतिशत स्थिर ब्याजदर अटो लोनप्रति उच्च आकर्षण

Nada
२०८३ भदौ ११ गते १६:५९
Shares
नाडा अटो सोमा एनआइसी एसियाको ५.९९ प्रतिशत स्थिर ब्याजदर अटो लोनप्रति उच्च आकर्षण

काठमाडौं : एनआइसी एसिया बैंकले ‘नाडा अटो सो २०२६’ को अवसरमा सार्वजनिक गरेको विशेष अटो लोन योजना ग्राहकबीच आकर्षणको केन्द्र बन्दै गएको छ । ग्राहकहरूको बदलिँदो वित्तीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै ल्याइएको उक्त योजना अन्तर्गत बैंकले ७ वर्षसम्मका लागि वार्षिक ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा प्रदान गरिरहेको छ ।

ncell

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको अटो सोको पहिलो दिनदेखि नै यस योजनाप्रति उल्लेख्य चासो देखिएको बैंकले जनाएको छ । दीर्घकालसम्म ब्याजदर स्थिर रहने भएकाले ग्राहकहरूले आफ्नो वित्तीय योजना र मासिक किस्ता व्यवस्थापन सहज रूपमा गर्न सक्ने विश्वास बैंकको छ ।

अटो सो स्थलमै कर्जा प्रक्रिया सरल बनाउन बैंकले डिजिटल सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकहरूले अनलाइनमार्फत आवश्यक विवरण भरेर आफ्नो कर्जा योग्यता परीक्षण गर्न तथा तत्काल स्वीकृतिपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। त्यसपछि आवश्यक कागजात नजिकको शाखामा बुझाएर बाँकी प्रक्रिया पूरा गर्न सकिन्छ ।

यस योजनाअन्तर्गत निजी, व्यावसायिक तथा विद्युतीय सवारी साधन खरिदका लागि छिटो, सरल र भरपर्दो वित्तीय सेवा उपलब्ध गराइएको बैंकले जनाएको छ । यसले अटो सोमै सवारी साधन खरिद गर्ने निर्णय गर्न ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि, व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने कालो नम्बर प्लेटका सवारी साधनका हकमा कर्जा अवधि अधिकतम ५ वर्षसम्म सीमित गरिएको छ ।

ग्राहकहरूले बैंकका देशभर रहेका शाखामार्फत अटो लोन सम्बन्धी सेवा लिन सक्नेछन् भने अटो सो स्थलमै उपस्थित भई योजनाबारे विस्तृत जानकारी पनि प्राप्त गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर