२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

विपद्‍मा एकजुट हुन कतारका नेपाली संघसंस्थालाई एनआरएनए कतारको आग्रह

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ ११ गते २०:००
Shares
विपद्‍मा एकजुट हुन कतारका नेपाली संघसंस्थालाई एनआरएनए कतारको आग्रह

दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) कतारले नेपालमा आएको बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि कतारमा रहेका नेपालीलाई एकजुट हुन आग्रह गरेको छ ।

ncell

बुधबार साँझ दोहामा सम्पन्न आकस्मिक छलफलले एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा ‘उद्धार तथा राहत मूल समिति’ गठन गरेको छ । समितिले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सहयोगका लागि समन्वय गर्ने जनाइएको छ ।

एनआरएनए कतारले विपद्को गम्भीरतालाई ध्यानमा राख्दै कतारमा आगामी पाँच दिनसम्म तय भएका नेपाली संघसंस्थाका कार्यक्रम स्थगित गर्नसमेत आग्रह गरेको छ ।

आर्थिक सहयोगसँगै स्वयंसेवा, राहत सामग्री, समन्वय तथा सूचना सम्प्रेषणमार्फत सहयोग गर्न सकिने जनाउँदै एनआरएनए कतारले व्यवसायी, सामाजिक अभियन्ता, कलाकार, साहित्यकार, खेलाडी, पत्रकार तथा सम्पूर्ण नेपाली समुदायलाई आ-आफ्नो क्षमताअनुसार राहत अभियानमा सहभागी हुन अपिल गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर