
काठमाडौं : एनआइसी एसिया बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरूबाट जम्मा भएको २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ ।
बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । आकस्मिक रूपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति बैंक परिवारले दुःख व्यक्त गरेको छ ।