– कपिल किशोर घिमिरे
१
भ्रष्टाचार विरोधी नेता, व्यवहार असल प्रीय लाग्छ
बाँझो धर्ती फोडि विकास बाटो खोल्ने मसल प्रिय लाग्छ ।।
जनजनका मनहरु रमाउन सक्ने परिस्थितिमा
सबैथोक पाइने पहुँचको सस्तो पसल प्रिय लाग्छ ।
२
प्रगतिको शिखर चुम्ने मिठा सबै रहर हुँदा
उल्टो घुम्दो जीवन रैछ परिस्थिति कहर हुँदा
जस्तो गरे नि हुँदै हुन्न कसैको मन छुँदै छुन्न
के गरूँ कसो गरू है ? अमृत पनि जहर हुँदा
३
काम खोज्दा स्वदेशमै मनको काम होस्
परिवारमा सबलाई पुग्दो दाम होस् ।।
पर्दा अरुको सहयोग गर्न पाइयोस्
यताउता अरुजस्तै आफ्नो नि नाम होस् ।।
४
स्वस्थ्य निरोगी कर्मशील नेपाली जन होस्
हातेमालो गर्दै जीवन जीउने मन होस् ।।
अन्याय अत्याचार रत्तिभर नसहने
स्वाभिमानी नझुक्ने नेपाली पन होस् ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies