
काठमाडौं : मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुक्तिनाथ विकास बैंकले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।