२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दोस्रो मकालु गोल्ड कप २०२६ को तयारी पूरा

Nada
तिलोचन गौतम
२०८३ भदौ १३ गते १३:३७
Shares
दोस्रो मकालु गोल्ड कप २०२६ को तयारी पूरा

जोहोर : मकालु फुटबल क्लब जोहोरको आयोजनामा यही अगस्ट ३० र ३१ गते हुने दोस्रो मकालु गोल्ड कप २०२६ को तयारी पूरा भएको आयोजकले जनाएको छ । 

ncell

जोहोरस्थित केम्पास अवाना स्टेडियममा आयोजना हुने प्रतियोगिताका लागि आयोजक क्लबले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको आयोजक समितिले जानकारी दिएको हो ।

प्रतियोगिता कुनै विवादबिना व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी आवश्यक तयारी गरिएको आयोजकको भनाइ छ । प्रतियोगितामा दर्शकको राम्रो साथ र उत्साहजनक सहभागिता रहने अपेक्षासमेत आयोजकले गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार १ मलेसियन रिंगेट अर्थात् नेपाली करिब साढे पाँच लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीका लागि ७ हजार ५ सय १ मलेसियन रिंगेट, नेपाली करिब तीन लाख रुपैयाँ बराबरको पुरस्कार राशि तय गरिएको छ ।

आयोजकका अनुसार प्रतियोगिता मलेसियामा रहेका नेपाली खेलाडी तथा फुटबलप्रेमीहरूका लागि महत्वपूर्ण खेलकुद कार्यक्रमका रूपमा आयोजना गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर