२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

बाढीपीडितका लागि प्राइम बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग

Nada
२०८३ भदौ १३ गते २१:०९
Shares
बाढीपीडितका लागि प्राइम बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं : भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग र ७ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको छ ।

ncell

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग रकमको चेक तथा राहत सामग्री हस्तान्तरण गरेका हुन् ।  

बाढीप्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराएको जनाएको छ । देशमा पर्ने यस्ता प्राकृतिक विपद्का समयमा सधैं सरकार र प्रभावित समुदायको साथमा उभिने प्रतिबद्धता जनाएको छ । 

प्राइम कमर्सियल बैंकले आगामी दिनमा पनि यस्ता राहत तथा पुनःस्थापनाका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर