
काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ ।
हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।