२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

प्रधानमन्त्री शाह र नेता पुनबीच भेट

Nada
२०८३ भदौ १८ गते १३:५९
Shares
प्रधानमन्त्री शाह र नेता पुनबीच भेट

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले भेट गरेका छन् ।

ncell

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । 

उनीहरुबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरे ।

उनीहरुबीचको भेटमा पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको  खोज उद्धार र राहतलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

uae

सम्बन्धित खबर