२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

बाढीपीडितका लागि वीरेन्द्र माध्यामिक विद्यालय आधारभूत तहका शिक्षक र विद्यार्थीले गरे सहयोग

Nada
प्रचण्ड खत्री
२०८३ भदौ १८ गते १५:२९
Shares
बाढीपीडितका लागि वीरेन्द्र माध्यामिक विद्यालय आधारभूत तहका शिक्षक र विद्यार्थीले गरे सहयोग

रुकुम पश्चिम : भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लाहरूमा ठुलो जनधनको क्षति भएको छ । बाढीपछि प्रभावित क्षेत्रका लागि देशभरबाट राहत तथा सहयोग जुट्ने क्रम तीव्र रूपमा बढिरहेको छ ।

ncell

यसै क्रममा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–४ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरूले पनि मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन् ।

विद्यालयका आधारभूत तहका १०४ जना विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट संकलन गरेको ४ हजार ६ सय ४६ रुपैयाँ र शिक्षक–शिक्षिकाहरूबाट उठाइएको २१ हजार ६ सय १० रुपैयाँ गरी कुल २६ हजार ६ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको शिक्षक विपी रिजालले जानकारी दिए ।

उनका अनुसार विद्यालयको कोष प्रयोग नगरी विद्यार्थीहरूले आफ्नै व्यक्तिगत खर्च कटौती गरेर सहयोग गरेका हुन् । विपत्तिको यस घडीमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताए ।

वीरेन्द्र माध्यमिक विद्यालय बाँफीकोट गाउँपालिकाको नमुना विद्यालयका रूपमा परिचित रहेको छ । देशभर विपत्तिको अवस्था सिर्जना भएका बेला साना विद्यार्थीदेखि शिक्षकसम्मले देखाएको सहयोगी भावना प्रशंसनीय मानिएको छ ।

uae

सम्बन्धित खबर