२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

संसद् बैठकमै ढले सांसद भरत खड्का, अस्पताल लगियो

Nada
२०८३ भदौ १८ गते १६:१४
Shares
संसद् बैठकमै ढले सांसद भरत खड्का, अस्पताल लगियो

काठमाडौँ : प्रतिनिधि सभा बैठक चलिरहेका बेला सार्वजनिक लेखा समितिका सभापति एवम् नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्का संसद्‌को सभाकक्षमै ढलेका छन् ।

ncell

संसद् भवनमा बैठक जारी रहेकै बेला आफू बसेको कुर्सीबाट एक्कासि ढलेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ ।

डोटीबाट निर्वाचित सांसद खड्का उच्च रक्तचाप (हाई ब्लड प्रेसर) का कारण चक्कर आएर ढलेको बताइएको छ । सांसद खड्का ढले लगत्तै सभामुखले बोल्दै गरेका सांसद सोम शर्मालाई रोकेर सदनको कारबाही केहीबेरका लागि स्थगित गरेका थिए ।

uae

सम्बन्धित खबर