२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा

Nada
२०८३ भदौ १८ गते १८:३०
Shares
भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका नागरिकहरूको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै उनीहरूको पुनःस्थापनाका लागि विशेष पहल हुनुपर्नेमा जोड दिएका छन् । 

ncell

बिहीवार रसुवा बाढी पीडितका लागि पार्टीको विपद् व्यवस्थापन कोषमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटा इकाइहरूबाट संकलन गरिएको रकम बुझ्दै उनले यस्तो बताएका हुन् । विपद्पछिको वस्तुस्थितिबारे चर्चा गर्दै सभापति थापाले बाढीको विनाश भूकम्पको तुलनामा झनै भयावह रहेको बताए  । 

बाढीले जायजेथा सबै सखाप पारेपछि पीडितहरू हाल विद्यालय र सार्वजनिक भवनहरूमा आश्रय लिन बाध्य भएको र उनीहरूसँग जीविकोपार्जनको कुनै उपाय बाँकी नरहेको उनले उल्लेख गरे  ।

uae

सम्बन्धित खबर