
अर्घाखाँची : डिभिजन वन कार्यालय अर्घाखाँचीमा हाजिर भएका नवआगन्तुक सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्तालाई एक समारोहबीच कार्यालयमा स्वागत गरिएको छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीमा कार्यरत कर्मचारीहरूले नवआगन्तुक सिनियर डिभिजन वन अधिकृत गुप्तासहित वरिष्ठ वन अधिकृत प्रदीप चौधरी र वरिष्ठ वन अधिकृत रामचन्द्र लामालाई कार्यालयमा स्वागत गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केसर खड्काले जानकारी दिए ।
कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कर्मचारीहरूले सिनियर डिभिजन वन अधिकृत गुप्तालाई सफल कार्यकालको शुभकामना दिँदै जिल्लाको वन संरक्षण, व्यवस्थापन तथा वन विकासका क्षेत्रमा अर्घाखाँचीमा प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरेका थिए ।
नवआगन्तुक सिनियर डिभिजन वन अधिकृत गुप्ताले डिभिजन वन कार्यालयको जिम्मेवारीलाई थप प्रभावकारी रूपमा अघि बढाउँदै वन संरक्षणसँगै स्थानीय समुदायको हित र विकासलाई प्राथमिकतामा राखेर अर्घाखाँचीको वन विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले अर्घाखाँचीमा वन क्षेत्रको संरक्षण, दिगो व्यवस्थापन, वन पैदावारको सदुपयोग तथा सामुदायिक वनसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्वागत कार्यक्रममा वरिष्ठ वन अधिकृत दसराम चौधरी, वरिष्ठ वन अधिकृत चन्द्र भाट, वरिष्ठ वन अधिकृत शन्त थिङ, वरिष्ठ वन अधिकृत अर्जुन चापागाईं, वरिष्ठ वन अधिकृत रामबहादुर घलाङ, सूचना अधिकारी केसर खड्का, वन प्रशासन अधिकृत अरुण आचार्य, पाणिनि सब–डिभिजन प्रमुख दीपक पाण्डेलगायत डिभिजन वन कार्यालय तथा सब–डिभिजन वन कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।