२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

मकालुमा गोली हानी शिक्षकको हत्या

Nada
२०८३ भदौ १९ गते ११:५२
Shares
मकालुमा गोली हानी शिक्षकको हत्या

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ ।

ncell

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो ।

विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको शिक्षिका टिकामाया राईले जानकारी दिएको प्रहरीले जनाएको छ । 

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

uae

सम्बन्धित खबर