२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

भोटेकोशी बाढीपीडितका लागि एनआरएनए युएईको ११ लाख ३५ हजार सहयोग

Nada
निशान्त पाठक
२०८३ भदौ १९ गते १२:२१
Shares
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए युएईको ११ लाख ३५ हजार सहयोग

दुबई, युएई : नेपालका रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसिसी युएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ ।

ncell

एनआरएनए एनसिसी युएईले संकलन गरेको उक्त रकम बाढीपीडितहरूको राहत तथा सहयोगका लागि एनआरएनए आइसिसी सचिव भवानीप्रसाद तिमल्सिना र मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा एनआरएनए एनसिसी युएईका अध्यक्ष भीम मल्ल ठकुरी, महासचिव कमल कार्की, उपाध्यक्ष सविन योञ्जन तामाङ, कोषाध्यक्ष विनोद बस्नेतलगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनए एनसिसी युएईले सहयोग रकम संकलन गरेको जनाएको छ । संकलित रकम सम्बन्धित बाढीपीडितहरूको राहत तथा सहयोगमा उपयोग गरिने अध्यक्ष ठकुरीले बताए ।

विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस अभियानमा सहयोग तथा योगदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति एनआरएनए एनसिसी युएईले आभार व्यक्त गरेको छ ।

uae

सम्बन्धित खबर