२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

त्रिवि शिक्षण अस्पतालमा ल्याइएका १९३ शवमध्ये २४ को पहिचान

Nada
२०८३ भदौ १९ गते १३:००
Shares
त्रिवि शिक्षण अस्पतालमा ल्याइएका १९३ शवमध्ये २४ को पहिचान

काठमाडौँ : रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

ncell

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिए ।

त्यस्तै अस्पतालमा ल्याएको हालसम्मम २४ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शबका विभिन्न अंगसहित १६१ शवको व्यवस्थापन भएको डा. चौधरीले बताए ।

uae

सम्बन्धित खबर