
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी प्रेम विश्वकर्मालाई मातृशोक परेको छ ।
बसुन्धारास्थित तुलसी इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी प्रा.लि.का प्रबन्ध निर्देशक तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिका पूर्वसदस्य विश्वकर्माकी आमा पूर्णकला विश्वकर्माको निधन भएको हो ।
विश्वकर्माको बिहीबार लमजुङमा ७७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व. विश्वकर्माका १ छोरी र ३ छोरा रहेका छन् ।