२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

बाढीको क्षति बुझ्न विज्ञ टोलीसहित रसुवा पुगे कांग्रेस सभापति थापा

Nada
२०८३ भदौ १९ गते १३:१६
Shares
बाढीको क्षति बुझ्न विज्ञ टोलीसहित रसुवा पुगे कांग्रेस सभापति थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न विज्ञ टोलीसहित रसुवा पुगेका छन् ।

ncell

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको जानकारी लिन थापा शुक्रबार रसुवा पुगेका हुन् । कांग्रेस सभापतिको सचिवालयका अनुसार उनी विज्ञसहित नौकुण्ड गाउँपालिका-३ स्थित घिचेत क्षेत्रमा पुगेका छन् ।

बाढी प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट भइरहेको स्थलगत अध्ययनलाई थप व्यवस्थित बनाउन थापाले विज्ञ टोलीलाई समेत साथमा लगेका हुन् । यसअघि भदौ १५ गते उनले नुवाकोटको विदुर नगरपालिका–३ पुगेर बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए ।

थापाले बिहीबार पार्टीको स्थलगत निरीक्षणका क्रममा देखिएका अवस्थालाई आधार बनाएर विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने बताएका थिए ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा समेत ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि क्षतिको अवस्था र आवश्यकताका विषयमा विस्तृत विवरण सार्वजनिक गर्ने काँग्रेसको तयारी छ ।

uae

सम्बन्धित खबर