
काठमाडौं : दुई जनाको जीवित उद्धार गरिएको त्रिशूली-३ ए जलविद्युत् आयोजनामा उद्धार जारी राखिएको छ ।
सो क्रममा सुरुङभित्र एक जनाको शव भेटिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
सुरुङको भित्रसम्म पुगेर फर्किएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङले भित्र एउटा शव फेला परेको जानकारी दिए ।
यसैबीच सुरुङमा फसेका थप व्यक्तिको उद्धारका लागि नेपाल विद्युत् प्राधकिरणका सुपरभाइजर नेतृत्वको टोली पावर हाउसतर्फ प्रवेश गरेको छ ।
प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको टोली थप जनशक्तिको उद्धारका लागि माथिल्लो त्रिशूली–३ ‘ए’ को पावर हाउसमा प्रवेश गरेको हो ।
