२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

कुर्सीमा बसेर नेतृत्व गर्ने पुरानो शैलीबाट बाहिर निस्किनुपर्छ : गृहमन्त्री गुरुङ

Nada
२०८३ भदौ १९ गते १४:५१
Shares
कुर्सीमा बसेर नेतृत्व गर्ने पुरानो शैलीबाट बाहिर निस्किनुपर्छ : गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यमा परम्परागत रूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यमबाट कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन् ।

ncell

गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक हुँदै आएको छ ।

विपद्को प्रतिकार्यमा स्थलगत अवस्थाको जानकारीबिना कार्यालयबाट मात्र नेतृत्व गर्ने पुरानो अभ्यासले अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ । विगतमा अपनाइएको नेतृत्व शैलीका कारण उत्पन्न समस्याबाट पाठ सिक्दै अहिलेको व्यवस्थापन प्रणालीलाई त्यसबाट फरक बनाइएको उनले बताएका छन् ।

गुरुङले डिजिटल माध्यमको प्रयोगबाट निर्णय, समन्वय र प्रतिकार्यका काम तुलनात्मक रूपमा छिटो तथा प्रभावकारी भइरहेको दाबी गरेका छन् । मन्त्रालयको टेबल पछाडि बसेर गरिने कामभन्दा प्रविधिमा आधारित समन्वय प्रभावकारी भएको उनको भनाइ छ ।

आफू भौतिक रूपमा कहाँ बसेर काम गरिरहेको छु भन्ने विषयलाई भन्दा विपद् प्रतिकार्यबाट प्राप्त हुने परिणामलाई मूल्यांकनको आधार बनाउन उनले आग्रह गरेका छन् ।

गृहमन्त्री गुरुङले नेतृत्वको परम्परागत अवधारणा र प्रविधिमा आधारित वर्तमान कार्यशैलीबीचको अन्तरलाई ‘जेनेरेसन ग्याप’सँग समेत जोडेका छन् । पुरानै प्रणालीबाट फरक परिणाम अपेक्षा गर्ने तर नेतृत्वलाई पुनः त्यही पुरानो शैलीमा फर्किन दबाब दिने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

uae

सम्बन्धित खबर