२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

कुशको शव बनाएर अन्तिम संस्कार

Nada
२०८३ भदौ १९ गते १४:५६
Shares
कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ : रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

ncell

बाढीमा परी सम्पर्कविहीन भइसकेको धेरै दिन हुँदा समेत सम्पर्कमा नआएको र शव समेत फेला नपरेपछि आफन्तहरूले कुशको शव बनाएर संयुक्त रूपमा दाहसंस्कार गरिरहेका हुन् ।

बेपत्ता भएकाहरूका आफन्तहरूले शुक्रवार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषले नि:शल्क रूपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ ।

रसुवा बाढीमा मृत्यु भएका १ हजार दुई सय ५९ जनाको शव फेला परेको छ । अझै पनि ५ हजार बढी नागरिक सम्पर्कविहीन छन् ।

अहिलेसम्म ९३ शवको मात्र सनाखत हुन सकेको छ । सरकारले बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका खोज तथा उद्धार कार्य जारी राखेको छ ।

uae

सम्बन्धित खबर