२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

Nada
२०८३ भदौ २१ गते १३:४८
Shares
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं : नेपाल लगातार तेस्रो जित निकाल्दै एसिसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

ncell

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि गुल्शन झाले अविजित ४४ रन बनाए । इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए । रोहित पौडेलले अविजित २४ रन बनाए ।

आसिफ शेखले २० रन बनाउँदा अर्जुन कुमालले १५ रन बनाए । साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।

त्यसअघि मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो ।

साउदीका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको पारि खेले । यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोडे । 

नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले १० ओभरमा दुई मेडनसहित १९ रन दिएर ३ विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन दिएर ३ विकेट नै हात पारे । 

ललितनारायण राजवंशीले २ तथा गुलशनकुमार झा र शेर मल्लले १–१ विकेट लिए ।

uae

ताजा खबर

सम्बन्धित खबर