२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रूसी सैन्य हवाइ अखडामा युक्रेनी आक्रमण

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते १७:०८
रूसी सैन्य हवाइ अखडामा युक्रेनी आक्रमण

मस्को :पछिल्लो समय युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चार माध्यमहरूले जनाएका छन् । 

युक्रेनी जनरल स्टाफले  टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्तिअनुसार रूसको भोरोनेज, कुस्र्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्यन हतियार नष्ट गर्नु रहेको उल्लेख छ । 

कुस्र्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराएका छन् । 

सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रूसको कुस्र्क क्षेत्रमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

जेलेन्स्कीले युक्रेनले दाबी गरी कब्जा गरेकोे क्षेत्रमा आवश्यक परेमा सैन्य कमाण्डको कार्यालय स्थापना गरिने बताएका छन् ।

यसैबीच, मस्कोबाट प्राप्त समाचारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि कुस्र्कमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रुपमा वर्णन गर्दै  युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन् ।

रूसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले कुस्र्क क्षेत्रमा छ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ । रूसले कुस्र्कलगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका  ११७ ड्रोन र चार सामरिक महत्वका मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ । साथै मन्त्रालयले युक्रेनले कुस्र्कमा आक्रमण गर्दा दुई हजार ३०० सैनिक तथा ३७ ट्याङ्कहरू गुमाएको जनाएको छ ।

युक्रेनी आक्रमणको प्रतिक्रियास्वरुप रूसको नेसनल गार्डले कुस्र्कको आणविक उर्जा संयन्त्रमा सुरक्षा उपायहरू बढाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise