२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रुपैयाँ मौज्दात

Nada
२०८३ भदौ २६ गते १८:२६
Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रुपैयाँ मौज्दात

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ रकम मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख ८४ हजार ७७ जम्मा भएको छ । राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर