२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

आयल निगमको तेल चोरी गर्दैगर्दा दुई ट्यांकर नियन्त्रणमा, सहचालक पक्राउ

Nada
शहबाज खान
२०८३ भदौ ३० गते १४:२९
Shares
आयल निगमको तेल चोरी गर्दैगर्दा दुई ट्यांकर नियन्त्रणमा, सहचालक पक्राउ

रुपन्देही : भारतबाट भलवारीस्थित डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ ट्यांकरबाट निकालिरहेको अवस्थामा प्रहरीले रुपन्देहीमा दुई वटा ट्यांकर र एक जना सहचालकलाई नियन्त्रणमा लिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा मंगलबार छापा मार्दा ट्यांकरबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुई वटा ट्यांकरलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतबाट भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ बोकेर आएका लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्यांकर सराफ आयल सेन्टरमा पुगेका थिए । प्रहरीले अनुगमन गर्दा दुवै ट्यांकरको सिल तोडिएको र ट्यांकरबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला परेको थियो ।

प्रहरीले ट्यांकरबाट निकालिएको करिब ३० लिटर डिजेलसमेत बरामद गरेको जनाएको छ । 

घटनापछि दुवै ट्यांकर र एक जना सहचालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर