२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जब फुटबल खेल्न साउदी पुग्दा बुबालाई भेट्ने मौका जुर्‍यो...

ADV
अन्जान गुभाजु
२०८१ जेठ २७ गते १७:०९
जब फुटबल खेल्न साउदी पुग्दा बुबालाई भेट्ने मौका जुर्‍यो...

साउदी : फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा यूएईविरुद्धको ‘होम´ र यमनविरुद्धको `अवे´ खेल खेल्न यतिबेला नेपाली राष्ट्रिय फुटबल टोली साउदी अरबमा छ । यूएईसँगको खेल नेपालले खेलिसकेको छ भने यमनसँगको खेल ११ जुनमा हुँदैछ ।

यसैक्रममा नेपाली टिमका गोलकिपर विशाल सुनारलाई यो भ्रमण निकै महत्वपूर्ण सावित भएको छ । भ्रमणमा उनले वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहेका आफ्ना बुबालाई भेट्ने मौका पाएका छन् ।

रुपन्देहीका सन्तोष सुनार साउदीमा रोजगारी गरिरहेका छन् । विश्वकप छनोटको खेल खेल्न छोरा साउदी नै आएपछि बुबा सन्तोष छोरालाई भेट्न नेपाली टिमको क्याम्पमै पुगेका हुन् । 

सन्तोषले आफ्नो छोरालाई खेलाडीको रुपमा कर्मभूमिमा स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise