२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

गुटगत असन्तुष्टि र असहमति सम्बोधन गर्न सक्छु : उदयशमशेर राणा

Nada
२०८३ असोज २१ गते ११:४०
Shares
गुटगत असन्तुष्टि र असहमति सम्बोधन गर्न सक्छु : उदयशमशेर राणा

काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले आसन्न १५ औँ महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको जिकिर गरेका हुन् । 

ncell

नेता राणाले आफू व्यक्तिगत स्वार्थभन्दा पनि सिंगो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा रहेको बताए । राणाले आफ्नो विगतको कार्यक्षमतालाई दाबीको आधार बनाए । तरुण दलको नेतृत्व गर्दा ललितपुरमा पार्टीले हासिल गरेको चुनावी सफलतालाई स्मरण गर्दै उनले आफ्नो छवि स्वच्छ र प्रभावकारी रहेको दाबी गरे । पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै राणाले सबै पक्षलाई मूलधारमा समेटेर लैजान सक्ने क्षमता आफूमा रहेको जिकिर गरे । उनले जिल्ला र प्रदेश स्तरका आफ्ना समर्थक तथा तरुण दलका साथीहरूलाई आफ्नो उम्मेदवारीलाई जिताउन सक्रिय लाग्न आग्रह गरे ।

उनले भने, ‘म केवल उदयशम्शेरको रूपमा उठेको होइन, तरुण दलको पूर्व अध्यक्ष र युवाहरूको प्रतिनिधिको हैसियतले उम्मेदवारी दिएको हुँ । तरुण साथीहरूको साथ र सहयोग मेरो मुख्य शक्ति हो । मैले तरुण दलको अध्यक्ष हुँदा ललितपुरमा काँग्रेसलाई क्लिन स्विप गराएको इतिहास छ । त्यही अनुभव र आत्मविश्वासका साथ म महामन्त्रीको जिम्मेवारी सम्हाल्न तयार छु ।’

पार्टीभित्र युवाहरूको ऊर्जालाई संगठित गर्दै वैचारिक र सांगठनिक सुधार गर्न आफू सक्षम रहेको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर