२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

प्रहरीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Nada
२०८३ असोज २१ गते ११:५९
Shares
प्रहरीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ : ड्युटीमा रहेका प्रहरीलाई हातपात र गालीगलौज गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन् ।

ncell

अभद्र व्यवहारको मुद्दामा फरार रहेका आफ्ना भाइ वीरेन्द्र विकलाई समात्न खोज्दा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग धकेलाधकेल गर्नुका साथै पोशाकसमेत च्यातिदिएर भाइलाई भगाएका थिए ।

मुसिकोट नगरपालिका–१ को कालिका मन्दिरनजिकैबाट मंगलबार बिहान प्रहरीले दुवै जनालाई भेट्टाएको थियो । प्रहरीको काममा बाधा पुर्‍याएपछि वडाध्यक्ष केशरमानलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले उनीमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थपेको छ । उनी हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

ताजा खबर

सम्बन्धित खबर