२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश वितरण गर्ने

Nada
२०८३ असोज २५ गते २०:४४
Shares
मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं : मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

ncell

कम्पनीको सञ्चालक समितिको ३३८औं बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । प्रस्तावअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले ६ करोड ७५ लाख ७७ हजार ६४२ रुपैयाँ ४४ पैसाबराबरको बोनस सेयर वितरण गर्नेछ ।

त्यस्तै, कम्पनीले १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार ९२७ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । 

ताजा खबर

सम्बन्धित खबर