२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

सामान्य अंकले बढ्यो नेप्से, ४ अर्ब ४६ करोडको कारोबार

Nada
२०८३ असोज २६ गते १६:११
Shares
सामान्य अंकले बढ्यो नेप्से, ४ अर्ब ४६ करोडको कारोबार

काठमाडौँ : सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ ।

ncell

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४६ करोडको भयो । आज १०५ कम्पनीको मूल्य बढ्दा १६५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ भने आज सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह १.०२ प्रतिशत बढ्यो ।

जीवन बीमा ०.०५, विकास बैंक ०.५३, फाइनान्स ०.२१ प्रतिशत बढेको छ । होटेल तथा पर्यटन ०.८७, जलविद्युत् ०।४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०।१९, माइक्रो फाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ तथा अन्य ०.४२ प्रतिशत घटेको छ ।

सम्बन्धित खबर