२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने

Nada
२०८३ असोज २६ गते २०:१५
Shares
गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं : गरिमा विकास बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बीसौं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

ncell

साधारणसभाबाट विकास बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत सो सँग सम्बन्धित अनुसूची पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायत प्रस्तावहरू पारित भएका छन् । 

हाल विकास बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३०० मा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् विकास बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०० पुग्नेछ । 

ताजा खबर

सम्बन्धित खबर