
काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ । ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेनले यात्रुलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता प्रदान गर्नुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई जोड दिएको छ ।
यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने अवधारणालाई क्याम्पेनको केन्द्रमा राखिएको छ । इनड्राइभ एपमार्फत यात्रुहरूले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन् । नजिकै रहेका चालकहरूले उक्त प्रस्ताव स्वीकार गर्न वा आफ्नोतर्फबाट वैकल्पिक भाडा प्रस्ताव गर्न सक्छन् । त्यसपछि यात्रुले प्रस्तावित भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक छनोट गर्न सक्छन् । यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुलाई तिर्नुपर्ने रकमबारे पूर्वजानकारी प्राप्त हुन्छ ।
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘काठमाडौंका यात्रुका लागि सवारी सेवा प्रयोग गर्दा भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण पक्ष हुन् । आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको सुरुवातदेखि नै प्रमुख विशेषता रहँदै आएको छ । यसले यात्रुलाई भाडा छनोटमा स्वतन्त्रता दिनुका साथै चालकलाई पनि आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी हुने अवसर प्रदान गर्छ । प्यासेन्जर ३६० क्याम्पेनमार्फत हामी नेपालका यात्रुलाई सहज, भरपर्दो र तिरेको रकमअनुसार उचित मूल्य प्राप्त हुने सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै छौं ।’