
काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा दुई हजार २०० रुपैयाँले घटेर दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला रु दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा ६० रुपैयाँले घटेर चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा चार हजार ४१५ कायम भएको थियो ।