२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

लगातार बढ्यो नेप्से

Nada
२०८३ असोज २८ गते १६:१३
Shares
लगातार बढ्यो नेप्से

काठमाडौँ : सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेर २६२१ विन्दुमा पुगेको छ । योसँगै बजार लगातार पाँचौँ कारोबार दिन उकालो लागेको हो ।

ncell

बजार वृद्धिमा बैंकिङ समूहको मुख्य योगदान रह्यो । बैंकिङ सूचक १.४५ प्रतिशत बढेर १५६५ विन्दुमा पुगेको छ, जुन चैत १० यताकै उच्च हो । बुधबार सबै समूहका सूचक सकारात्मक रहे ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १३ करोडमा सीमित भयो । कुल १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० को घट्यो भने ९ कम्पनीको स्थिर रह्यो ।

कारोबारमा उपकार लघुवित्तको मूल्य सर्वाधिक ४.९५ प्रतिशत बढ्दा सगरमाथा जलविद्युत्को ६.३२ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटेल अगाडि रहे ।

ताजा खबर

सम्बन्धित खबर