२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी सुरु

Nada
२०८३ असोज २८ गते १८:३५
Shares
हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी सुरु

काठमाडौं : नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्नसक्ने भएका छन् । बुधबारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा सुरु गरिएको छ ।

ncell

बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले शुभारम्भ गरेका हुन् । मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड समेत लिए ।

सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्‍याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा समेत जोड दिए ।

उनले हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने गरी हुलाकको क्षमाता विस्तार गरिने समेत बताए ।

सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यबाट टेलिकमको सेवा नागरिकको पहुँचमा पुर्‍याउन सहज हुने उनको विश्वास छ ।

ताजा खबर

सम्बन्धित खबर