२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री सहयोग

Nada
२०८३ असोज २८ गते २०:४६
Shares
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री सहयोग

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

ncell

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो । उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक नरेश कुमार थापा तथा साँखु उपशाखा प्रमुख रोजिना मानन्धरको साथै कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर