२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय महिला पक्राउ

Nada
२०८३ कार्तिक १० गते १८:२१
Shares
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय महिला पक्राउ

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम लागूऔषध थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरणस्थित शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४६ वर्षीया शबानाबानु यार महम्मद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन् । ब्युरोका अनुसार उनीहरू कात्तिक ९ गते थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडान नम्बर ओडी १८२ मार्फत काठमाडौं आएका थिए ।

हवाई मार्गबाट नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनीहरूलाई जाँच गर्दा १४ किलोग्राम लागूऔषध थाई गाँजा फेला पारेको हो ।

प्रहरीले उनीहरूको साथबाट लागू औषधसँगै दुई थान पासपोर्ट र दुई थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरोले बरामद गाँजाको स्रोत, नेपाल ल्याउनुको उद्देश्य तथा सम्भावित कारोबारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यद्यपि, बरामद लागूऔषध नेपालमा कसलाई बुझाउने तयारी थियो वा त्यसमा अन्य व्यक्तिको संलग्नता थियो भन्ने विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

सम्बन्धित खबर