२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

Nada
२०८३ कार्तिक १४ गते १७:५६
Shares
पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको छानबिन गरेर दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी परिचालनको घटनाबारे छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले घटना किन र कसको निर्देशनमा भएको हो भन्ने विषयमा छानबिन गर्नुपर्ने निर्णय भएको जानकारी दिए ।

उनले प्रेस स्वतन्त्रताको संरक्षणप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य दोहोरिन नदिन सरकारलाई निर्देशन दिइएको बताए ।

त्यसै सन्दर्भमा रास्वपाले घटनाको छानबिन र दोषीमाथि कारबाहीलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको हो । पार्टीले भविष्यमा यस्ता घटना दोहोरिन नदिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ 

ताजा खबर

सम्बन्धित खबर