२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

न्याय क्षेत्रका विवाद संसद्‌मा उठाउने रास्वपाको तयारी

Nada
२०८३ कार्तिक १४ गते १८:१९
Shares
न्याय क्षेत्रका विवाद संसद्‌मा उठाउने रास्वपाको तयारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भइरहेका विवादलाई संसद्‌मा उठाउने तयारी गरेको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकमा न्याय क्षेत्रका समस्यालाई अदालत र सरकारको तहमा मात्रै सीमित नराखी संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने विषयमा छलफल भएको हो ।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रसँग सम्बन्धित विवाद र सुधारका विषयमा संसदीय दलमार्फत सांसदहरूलाई आवश्यक निर्देशन दिएर अघि बढ्नेबारे छलफल भएको जानकारी दिए ।

उनका अनुसार न्याय क्षेत्रका विवादलाई संस्थागत रूपमा सम्बोधन गर्ने र आवश्यक सुधारका विषयलाई संसदीय छलफलमा लैजानेबारे बैठकमा धारणा राखिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर