काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका खेलाडीहरुको नयाँ वर्गीकरण अर्थात ग्रेडिङ गरेको छ । पोखरामा मंगलबार भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई ‘ए’ ‘बी’ र ‘सी’मा वर्गीकरण गरेर करारमा राख्ने निर्णय गरेको हो ।
क्यानका अनुसार ग्रेड ‘ए’ मा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् ।
यस्तै ग्रेड ‘सी’मा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई राखिएको छ ।
यस्तै, महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड ‘ए’मा परेकी छन् । काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य ग्रेड ‘बी’मा र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम ग्रेड ‘सी’मा परेकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies