२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

१२औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन

ADV
मध्यान्ह
२०८१ जेठ २८ गते १६:४६
१२औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन

काठमाडौं : यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपालसहित १० देशका २८ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सव विगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ । 

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह-आयोजनामा हुन लागेको १२औं संस्करणको यो महोत्सवमा यसपटक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमइका गरी ९ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर बिन किड्स र ह्वाइट पोसन गरी २ वटा वृत्तचित्र छन् । यस्तै डाइनिज, अफस्प्रिङ, सर्भाइभर र इग्नोरेन्स इज अ लाइफस्टाइल गरी ४ वटा लुघ चलचित्र छन् । 

यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जनभन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा वृत्तचित्र प्राप्त भएकोमा महोत्सवका लागि ८ वटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ । 

यस्तै महोत्सवमा नेपालबाट ७ वटा नेपाली र आदिवासी चलचित्र, ३ वटा वृत्तचित्र र १० वटा लघु चलचित्र चयन भएको छ । नेपालबाट ७३ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र प्राप्त भएकोमा निर्णयक टिमले फेस्टिभलका लागि २० वटा चयन गरेको छ ।

चयन भएका नेपाली तथा आदिवासी चलचित्रमा सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित रहेका छन् । यस्तै वृत्तचित्रतर्फ जर्नी टु गोक्यो, काँचो वायु र चेजिङ द ड्रिम रहेका छन् । महोत्सवमा छानिएका नेपाली लघु चलचित्रहरुमा सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड रहेका छन् ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी दिइन् । ‘महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ । हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं र महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ,’ महोत्सव अध्यक्ष डा. मिश्रले भनिन्, ‘हामीले अफ्रिकालाई पश्चिमा देशको दृष्टिकोणबाट हेर्दै आएका छौं । अफ्रिका विभिन्न मात्र होइन, त्यत्तिकै सुन्दर र सम्पन्न पनि छ भन्नेकुरा त्यहाँका चलचित्रबाट हामीले अफ्रिकालाई विगत झैं यस पटक पनि यो महोत्सवमा हेर्ने छौं ।’ 

महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार विगत झैं यसपटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिँदैछ । उनले भने, ‘यसपटक दर्शकलाई सुविधा सम्पन्न रुपमा चलत्रित्र देखाउन हामीले यो महोत्सव काठमाडौंको सिटिसी मलमा रहेको सिडिसी सिनेमाजमा गर्दैछौं । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अभिनयसम्बन्धी तीन दिनको विशेष कार्यशाला र अन्तरक्रिया कार्यक्रमहरु पनि रहेका छन् ।’

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महाद्विपको संस्कृति चलचित्रमार्फत आदन प्रदान गर्नका लागि यो महोत्सव आयोजना गर्दै आएको पनि महोत्सव निर्देशक क्षत्रीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise