२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

साउदीमा अर्जुन सापकोटा र मिना लामाको दमदार प्रस्तुति

shivam cement
अन्जान गुभाजु
२०८२ भदौ ८ गते २०:१५
साउदीमा अर्जुन सापकोटा र मिना लामाको दमदार प्रस्तुति

साउदी अरब : साउदी अरबको खमिसमा यस वर्षको तिज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हातेमालो प्रवासी नेपाली समूह अभा–खमिसको आयोजना तथा हिमालयन नेपाली रेष्टुराँ खमिसको सह–आयोजनामा तिज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई नेपालबाट गएका चर्चित कलाकारहरूले विशेष रंग भरेका थिए । राष्ट्रिय ख्यातिप्राप्त गायक तथा सर्जक अर्जुन सापकोटाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा उपस्थित दर्शकहरू ताली र उत्साहसहित रमाएका थिए ।

त्यस्तै, लोकदोहोरी गायिका मिना लामाले तिजकै गीतहरू प्रस्तुत गर्दै माहोललाई झनै उत्साहपूर्ण बनाइन् । दुवै कलाकारको प्रस्तुतिमा दर्शक नाच्दै रमाएका थिए ।

साथै, कार्यक्रमलाई अझ आकर्षक बनाउन स्थानीय प्रतिभाहरूले पनि विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी र स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

आयोजक हातेमालो प्रवासी नेपाली समूहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise