२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

युवा व्यवसायी मञ्जु विष्ट म्युजिक भिडियोमा

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते १८:०३
युवा व्यवसायी मञ्जु विष्ट म्युजिक भिडियोमा

काठमाडौं : युवा व्यवसायी मञ्जु विष्ट म्युजिक भिडियोमा देखिने भएकी छन् । पोखरालाई कार्य क्षेत्र बनाई युवा व्यवसायीको रूपमा परिचित रहेकी मञ्जु गायक प्रशान्त पौडेलको नयाँ म्युजिक भिडियो ‘भए तिम्रै हुने हो नभए एक्लै काट्छु जुनी यो’मा देखिन लागेकी हुन् । 

आफ्नो पहिलो म्युजिक भिडियोको रुपमा डेब्यु गरेकी मञ्जुले सञ्चालन गर्दै आइरहेको ओएसिस क्रिएसन पोखराको प्रस्तुतिको रुपमा बजारमा आउन लागेको हो ।

गायक पौडेलकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा उनले मञ्जुसँग स्क्रिन सेयर गरेका हुन् ।

सयौं गीतहरूमा स्वर, संगीत दिइसकेका पौडेल नेपाली सांगीतिक क्षेत्रका अब्बल प्रतिभा भएका गायक हुन् । विगत १५ वर्षदेखि अनवरत रुपमा नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाउने अठोटका साथ लागिपरेका उनी आफ्नै रचना र संगीतमा स्वर भर्न मन पराउँछन् । सरल र अन्तरमुखी स्वभावका उनी सार्वजिनक कार्यक्रमा कमै मात्र खुल्न चाहन्छन् । कैयौं हिट गीत दर्शक स्रोता माझ पस्किसकेका पौडेलको आफ्नै स्वर शब्द र संगीतमा रहेको ‘सान्नानी’ बोलको गीत करोड क्लबमा प्रवेश गरिसकेको छ । गीत, रचना र गायनमा छुट्टै पहिचान बनाइसकेका उनी अभिनयमा पनि उत्तिकै रुचि राख्छन् । आफ्नै शब्द संगीत रहेको ‘भए तिम्रै हुने हो नभए एक्लै काट्छु जुनी यो’ बोलको गीत वेब रेकर्डिङ स्टुडियोमार्फत गायिका बेनिसा पौडेल र आफ्नै स्वरमा हालसालै रेकर्ड गराएका हुन् । 

यही भदौ १३ गते शुक्रबार पौडेलको आफ्नै युट्युब च्यानल ‘प्रशान्त पौडेल युट्युब च्यानल’मार्फत रिलिज गर्ने तरखरमा रहेको म्युजिक भिडियोलाई निर्देशक अनिल के मानन्धरले निर्देशन गरेका हुन् भने इडिटिङ दिनशन शाह र मिक्सिङ नरेन्द्र बियोगीले गरेका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise