उदयपुरः जेन्जी समूहले उदयपुरको त्रियुगा नगरपालिकाकाे कार्यालय र त्यहाँका पूर्व मेयर बलदेब चौधरीको घरमा आगजनी तथा तोडफोड गरेका छन् ।
मंगलबार भएको आगजनीबाट नगरको महत्त्वपूर्ण कागजात र फर्निचर जलेका छन् भने चौधरीको घरमा आगलागीबाट लत्ताकपडा र फर्निचर जलेर नस्ट भएका छन् ।
यता नेकपा एमाले, माओवादी र कांग्रेस लगायतका पार्टी कार्यालयमा पनि तोडफोड हुनुका साथै महत्त्वपूर्ण कागजजात जलाइएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी प्रमुख एसपी राजन चापागाईंले जेन्जीको नाममा भएको आन्दोलनमा भएको क्षति विवरण आउन बाँकी रहेको जानकारी दिए ।